play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

संगीत चोरीको बिषयमा दिपकले दिए जवाफ

0

बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ को गीत सार्वजनिक भएसंगै यसको चर्चा सबैतीर भयो। अल्मोडा राना उप्रेती र सुजता वर्माको आवजामा रहेको ‘ए दाजु नसमाउ’ बोलको गीतले हालसम्म १४ लाख बढी भ्युअर्स पाईसकेको छ।निकै रुचाइएको यो गीतको कम्पोज चोरिएको खबर मिडियामा भाइरल बन्यो।यो गीतको असली संगीत कन्चन मगर नेपालीको रहेको समाचार बाहिरियो र असलियत पनि यहि थियो। निर्माण टिमले पछी संगीत र कम्पोजमा कन्चन मगर नेपालीको नाम थप्यो। अनि सामाजिक संजालबाट नै दिपकले स्पष्टीकरण दिए हामीलाई अन्धकारमा राखियो।दिपकले आफुलाई यसवारेमा जानकारी नगराईएको र जानकारी हुना साथ आफुले नाम थपेको स्पष्टीकरण दिए।

Share.

Leave A Reply