play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

श्रीलंका विरुद्धको तेस्रो टेस्टको पहिलो पारीमा भारतको मध्यम प्रदर्शन

0

साउन २८,
शिखर धवनले भारतका लागि शनिबार श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो दिन आक्रामक शतक बनाएका छन् । खेलको अन्त्यतिर श्रीलंकाली स्पिनरले पाँच भारतीय ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए र खेल रोमाञ्चक मोडमा रह्यो ।
मलिन्डा पुष्पकुमाराले तीन विकेट लिए भने लकसन सान्डकानले दुई विकेट आफ्नो नाममा लेखाए । दिनको खेल समाप्त हुँदा भारत छ विकेट गुमाएर ३ सय २९ रनको स्थितिमा छ । पुष्पकुमाराले भारतीय माथिल्लो क्रमलाई आफ्नो बायाँ हाते स्पिन आक्रमणको मदतले दबाबमा राखे । उनले धवन र लोकेश राहुलबीच १ सय ८८ रनको साझेदारीमा पनि पूर्ण विराम लगाए ।
शिखरले १ स २३ बलमा १ सय १९ रन बनाए । बायाँ हाते रिस्ट स्पिनर सन्डकनले भारतीय कप्तान विराट कोहलीको बहुमूल्य विकेट लिए । कोहलीले ४२ रन बनाए । धवन र राहुल पहिलो सेसनमा श्रीलंकाली बलिङ आक्रमणमाथि हाबी रहे । राहुलले ८५ रन बनाए

Share.

Leave A Reply