व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज, के गर्यो ४ बर्ष सम्म ?

0

असोज २७,
व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ । आजदेखि यस संसद्को कार्यकाल समाप्त हुनेछ । समानुपातिकतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले आज नै संसद्को बैठक अन्त्य गर्न लागिएको हो ।
संविधान जारी गरेको एतिहासिक संसद्को यसपटकको पहिलो बैठक २०७० माघ ७ गते सुरु भएको थियो । यही संसद्ले नै २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।
आज ३ बजे बोलाइएको बैठक अन्त्य गर्ने तयारी भएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । नेपालको संविधानको भाग ३३ अन्तर्गत रहेको संक्रमणकालिन व्यवस्थामा मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद् कायम रहने उल्लेख छ ।
त्यसैले सरकारले मनोनयन दर्ताको समय सारेमा संसद्को म्याद पनि त्यसको अघिल्लोदिनसम्म कायम रहने भएकाले आजको बैठक अन्तिम नभनी अर्को सूचना टाँस नभएसम्मका लागि भनेर स्थगित गर्ने संसद् सचिवालयको तयारी छ ।
संसदको ४ वर्षे कार्यकालमा राष्ट्रपति, उपराष्ट्रपति, ४ जना प्रधानमन्त्री, सभामुख चयन भएका थिए ।

Share.

Leave A Reply