व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

0

असोज २६ – व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैैठक बोलाइएको छ । संविधान जारी भएपछि रुपान्तरित संसदमा रुपान्तरण भएको संसदको समय कात्तिक ४ गते सकिदैछ ।आजको बैठकमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले महिला बालवालीका, जेष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ माथी छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कायसूचि रहेको व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।साथै आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक २०७४ पारीत गर्न प्रस्ताव गर्ने, राजर्षिजनक विश्वविद्यालय विधेयक २०७१ मथि छलफल गर्ने र राजर्षिजनक विश्वविद्यालय विधेयक २०७४ लाई पारीत गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।यसैबिच भाषा आयोग विधेयक शीघ्र प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न व्यवस्थापिका संसद्ले संसद्को कार्यसञ्चालन नियमावलीको नियम निलम्बन गरेको छ ।संसद्को हिजोको बैठकले विधेयक संसद्मा प्रस्तुत भएपछि संशोधन दर्ताका लागि सांसदहरूलाई दिइने ७२ घन्टाको समयसीमासम्बन्धी व्यवस्था निलम्बन गरेको हो । त्यो समयसीमालाई अब २४ घन्टामा झारिएको छ ।संसद्को आज बस्ने बैठकबाटै आयोग गठन विधेयक पारित गर्ने तयारीअनुसार नियम निलम्बन गरिएको हो ।

Share.

Leave A Reply