विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको ४ विकेट गुम्यो

0

असोज २७ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ ।खड्का २६ रनमा पेभेलियन फर्केका छन् । भरपर्दा ब्याट्सम्यानहरु गुमाउँदै गएपछि नेपालको ब्याटिङ लाइनलाई चुनौती थपिएको छ । नेपालले तेस्रो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएका छन् । उपकप्तान ज्ञानेन्द्र मल्लको स्थानमा आएका दिपेन्द्र ३ रनमै आउट भएका हुन् । उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । मल्ललाई ऐजाज खानको बलमा वकास खानले क्याच आउट गरेका हुन् ।
यसअघि नेपालले ओपनर ब्याट्सम्यान सागर पुन ३ रनमै गुमाएको थियो । उनलाई तनविर अफजलले आउट गरेका हुन् । अहिले क्रिजमा सोमपाल कामी र अारिफ शेख ऐरी रहेका छन् । २१ ओभरको समाप्तीमा चार विकेट गुमाएर नेपालले ७३ रन बनाएको छ ।

Share.

Leave A Reply