विश्वमा बालबालिकामा मोटोपनको समस्या १० गुणाले बढ्यो

0

अशोज २५, विश्वमा बालबालिकामा मोटोपनको समस्या १० गुणाले बढेको एक अध्ययन सार्वजनिक गरिएको छ । विश्वमा १२ करोड ४० लाख बालबालिका आफ्नो उमेरका लागि बढी तौलको रहेको प्रतिवेदनमा जनाईएको छ । बेलायती अध्ययन केन्द्रले गरेको खोजमा २ सय देशमा मोटा बालबालिका संख्याबारे अध्ययन गरिएको छ । बेलायतमा १० मा एक बालबालिका मोटोपनको शिकार हुने बताईएको छ । बढी तौलका बालबालिका युवा अवस्थामा सोहि क्रममा रहने भएकाले उनीहरु गम्भीर स्वास्थ्य संकटमा पर्ने विज्ञले जनाएका छन् । उच्च आर्थिक बृद्धि रहेका युरोपेली देश, चीन, पुर्वी एसियाका बालबालिकामा मोटोपनको समस्या अत्यधिक रहेको अनुसन्धानका क्रममा पाईएको छ ।

Share.

Leave A Reply