विश्वकप फुटबलमा अहिलेसम्म आयोजक रुससहित २३ टिम छनौट हुन सफल

0

अशोज २५, आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा अहिलेसम्म आयोजक रुससहित २३ टिम छनौट भएका छन् । यसरी छनौट हुनेमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । यस्तै इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । अब ९ टिम छनौट हुन बाँकी छ । बाँकी टिम मध्ये अफ्रिकाबाट तीन टिम छनौट चरणबाटै समूह विजेताको रुपमा छनौट हुनेछन् । यस्तै युरोपबाट प्ले–अफमा पुगेका ८ टिमबाट दुई लेगको खेल जित्ने चार टिमले रुस यात्रा तय गर्ने छन् । यस्तै पेरु तथा न्युजिल्याण्ड र होण्डुरस तथा अस्ट्रेलियाबिचको प्ले–अफबाट दुई टिमले विश्वकपमा स्थान पक्का गर्ने छन् ।

Share.

Leave A Reply