play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

विवाहको तयारीमा सोनम

0

भारतको नयाँदिल्लीका उद्योगपति आनन्द अहुजासँग लामो समयदेखि प्रेममा रहेकी बलिउड नायिका सोनम कपुर अब चाँडै नै वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। अहिलेको माहोल नबिग्रिएमा सोनमका पिता अनिल चाँडै नै विवाहको तयारीमा हुनेछन्।

त्यसो त सोनम र आनन्दले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म मुख खोलेका छैनन्। तर, दुवैले एकअर्कासँगको सम्बन्ध नकारेका पनि छैनन्। लन्डन र भारतका विभिन्न ठाउँमा सँगै देखिएका उनीहरूको कसैबाट लुकेको छैन।

अनिल मात्र हैन उनको परिवारले पनि आनन्दलाई हुनेवाला ज्वाइँका रूपमा स्वीकार गरिसकेको छ।

Share.

Leave A Reply