play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

विदेशबाट पठाएको रेमिट्यान्स जोगाउन ‘विप्रेषण कोष’ स्थापना हुने

0

२७ भदौ, सरकारले पहिलोपटक विदेशमा काम गर्न गएका नेपालीले आर्जन गर्ने रेमिट्यान्स सदुपयोग गर्ने गरी विशेष कोष स्थापनाको प्रस्ताव गरेको छ । वैदेशिक रोजगार ऐनको संशोधनमा रेमिट्यान्स सदुपयोग गर्ने वातावरण बनाउन छुट्टै सरकारी स्तरको कोष खडा गर्ने प्रावधानलाई अघि सारिएको हो ।श्रम तथा रोजगार मन्त्रालयले अन्तिम रुप दिइसकेको ऐनको मस्यौदामा सरकारले विदेशमा कार्यरत नेपालीले पठाउने रमिट्यान्स आयलाई सदुपयोग गर्न ‘विप्रेषण कोष’ (रेमिट्यान्स फण्ड) स्थापना गर्ने उल्लेख छ ।यस्तो कोषमा विदेशबाट कामदारले नेपालमा पठाउने रेमिट्यान्सको निश्चित प्रतिशत हिस्सा बचतका रुपमा जम्मा गरिनेछ ।
यसअनुसार अब सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकमको निश्चत प्रतिशत स्वतः कोषमा जम्मा हुने व्यवस्था गर्न सक्नेछ । त्यसलाई नियमावली र कार्यविधिमार्फत व्यवस्थित गर्दै विदेशमा कमाएको रकम उपभोगमै खर्च हुने अवस्था अन्त्य गर्ने योजना अघि सारिएको छ ।ऐनको मस्यौदा गर्ने कार्यदलका एक सदस्यका अनुसार अब सरकारले कानुनको अभावमा कोष खडा गर्न आनाकानी गर्न नपाउने बताए । उनले कानुनी रुपमा यस्तो कोष स्थापनाको विषयलाई सम्बोधन गरिएपछि सरकारलाई तत्काल कोष खडा गर्न नैतिक दबाव पर्ने बताए ।

Share.

Leave A Reply