वाम गठबन्धनको सिट बाँडफाँड अन्तिम चरणमा

0

असोज २६ – संघ र प्रदेशको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमाले नेतृत्वको वामपन्थी गठबन्धनले सिट बाँडफाँडको काम अन्तिम चरणमा पुर्याएको छ ।गठबन्धनमा आवद्ध एमाले माओेवादी केन्द्र र नयाँ शक्ति नेपालका प्रतिनिधि सम्मिलित कार्यदलले निर्वाचन क्षेत्र निर्धारणको काम अन्तिम चरणमा पुर्याएको गठबन्धनले जनाएको छ ।कार्यदलको बैठकले १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये करिब सबै क्षेत्र टुगों लगाएको कार्यदल सदस्य तथा नयाँ शक्तिका नेता गंगानाराण श्रेष्ठले जानकारी दिनुभयो ।एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठबन्धनमा आवद्ध अरु दललाई दिएर बाँकी रहेको निर्वाचन क्षेत्रमा दुई लदबीच ६० र ४० प्रतिशत उम्मेदवार भागवण्डा गरिदैँ छ ।साथै वामगठबन्धनले राजपा नेपालबाट आएका विद्रोही नेता र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलकालागि ५ सिट छ्ट्याएको छ ।
यस्तैः नयाँ शक्तिलाई १०, बाँकि १ सय ५० सिटमा एमाले र माओवादीबीच ६० र ४० प्रतिशतको भागबन्डा गरीएको र गठबन्धनमा सामेल हुन अरु कुनै दल आएमा यी सिटबाट कटौतीगर्ने भनिएको छ ।यसैबीच–प्रदेश र प्रतिनिधीसभाको निर्वाचन नजिकिदै गएपछि लोकतान्त्रिक गठबन्धनले उम्मेदवार तथा क्षेत्र बाँडफाँडको लागि आन्तरिक छलफलमा जुटेको छ ।गठबन्धनका नेताहरु पार्टी तथा संयुक्तरुपमा आन्तरिक छलफलमा जुटेका छन् । यता नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवार छान्न १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

Share.

Leave A Reply