वाम गठबन्धनका शीर्ष नेता बीच सीटको बाँडफाँडका विषयमा आज छलफल हुने

0

असोज २७,
सीटको बाँडफाँड र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बारेमा छलफल गर्न नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीका शीर्ष नेताहरुबीच आज छलफल हुँदैछ ।
चुनावका लागि बाम गठबन्धनको घोषणापत्र तयार र सीट संख्यया मिलाउनका लागि कार्यदललाई जिम्मा दिइएको भए पनि सहमति जुट्न नसकेपछि शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । शीर्ष नेताबीचको छलफलमा कार्यदलका सदस्य पनि सहभागी हुने भएका छन् ।
बैठक बस्ने तय भए पनि समय र स्थान भने निश्चित भइनसकेको माओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिनुभयो । शीर्ष नेताबीच सहमति खोजेर कार्यदललाई थप गृहकार्य गर्न निर्देशन दिइने बताइएको छ ।
यसैबिच
आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउँन २ दिन मात्र बाँकी रहँदा दलहरु अन्तिम गृहकार्यमा जुटेका छन् ।
निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूची बुझाउने मिति आगामी पर्सि (आइतवार)का लागि तोकेको छ । लोकतान्त्रिक र बाम गठबन्धन बनाएर प्रत्यक्ष तर्फको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलहरु समानुपातिक तर्फ भने छुट्टाछुट्टै उम्मेदवार छनोटको कसरतमा जुटेका हुन् ।

Share.

Leave A Reply