वातावरण मैंत्री दोस्रो राईनो कप खुला भलिबल प्रतियोगितामा आजपनि ५ वटा खेल सम्पन्न

0

अशोज २७, वातावरण मैंत्री दोस्रो राईनो कप खुला भलिबल प्रतियोगिता मा आजपनि ५ वटा खेल सम्पन्न भएका छन् आज सम्पन्न पहिलो खेलमा शिबशक्ति युवा क्लब शिबनगरले पद्मोदय युवा क्लब पदमपोखरीलाइ ३-० को सोझो सेटमा पराजित गर्दा आजै भएको दोस्रो खेलमा पनि द्यथ्ऋ बलुवाले आयोजक हिमालय युवा क्लब ए लाइ ३-० कै सोझो सेटमा पराजित गरेको छ त्यस्तै आज भएको तेस्रो खेलमा एडभेन्चर नेपाल माडीलाइ ३(० कै सोझो सेटमा पराजित गर्दै चनौली युवा क्लब बिजयी भएको छ यसैबीच आज भएको चौथो खेलमा बागबानी युवा क्लब कृष्णपुरले कृष्ण प्रणामी युवा परिसद टिकौलिलाइ ३-१ को सेटमा पराजित गर्दा आजै भएको पाचौ तथा अन्तिम खेलमा किसान युवा क्लब ए ले शिबसक्ति युवा क्लबलाइ ३-१ को सेट मै पराजित गरेको छ
भरतपुर १३ स्थित हिमाल युवा क्लबको आयोजनामा ‘प्रगतिको लागि युवा शक्ति, खेल विकासका लागि युवा शक्ति’ भन्ने नाराका साथ शुरु भएको सो भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ प्रतियोगिता को पÞmाइबल खेल भोलि नै हुनेछ ।प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र तथा उप विजेताले ३० हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply