play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

लण्डनमा फेरी अर्को आक्रमण, एकको मृत्यु, ८ घाइते

0

असार ५, लण्डनको फिन्सबरी पार्कस्थित एक मस्जिदबाट प्रार्थना सकेर निस्किएका व्यक्तिहरुमाथि एक व्यक्तिले आन्धधुन्द सवारी चलाउँदा कम्तीमा एकको मृत्यु र ८ घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार मध्यराती मानिसहरुमाथि भ्यान लगेर किच्ने एक ४८ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र ८ जनालाई अस्पतालमा भर्ना गरिएको स्कटल्याण्ड यार्डले जनाएको छ।

भ्यानका चालकलाई वरिपरि उपस्थित व्यक्तिहरुले समातेर प्रहरीलाई बुझाएको बताइएको छ।

Share.

Leave A Reply