play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

रोहिंग्या माथिको सैन्य कारबाही रोक्न राष्ट्रसंघको अपिल’

0

भदौ २९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले म्यानमारमा रोहिन्ग्या मुसलमानहरुले मानवीय विपद ब्यहोरिरहेको बताएका छन् ।
रोहिन्ग्याको घरमा सुरक्षाकर्मीले गरेको आक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले म्यानमारलाई सैन्य कार्वाही रोक्न अपील गरेका छन् ।एक तिहाई जनसंख्याले मुलुक छाड्ने अवस्था आउनु नरसंहारकै रुप भएको महासचिव गुटरेशको भनाइ छ ।उनले सेनासँग संघर्ष गरिरहेको रोहिन्ग्या लडाकू समूहको आक्रमणको पनि आलोचना गरे ।उनले घर फर्कन चाहनेलाई तत्काल फर्कने अनुमति दिन पनि म्यानमार सरकारसँग आग्रह गरेका छन् ।म्यानमारको सैनिकले भने सर्वसाधारणलाई केही नगरिएको भन्दै कार्वाही अतिवादी केन्द्रित रहेको जिकीर गरिरहेको छ ।रोहिन्ग्याविरुद्धको हिंसा र शरणार्थी समस्याबारे मै राष्ट्रसंघको सुरक्षा परिषदमा भएको छलफलमा म्यानमार सरकारको कदमप्रति आलोचना गरिएको छ ।सर्वत्र आलोचना बढेपछि म्यानमारकी नेतृ आङ साङ सुकीले १९ सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामै नजाने निर्णय गरेकी छन् ।यसैगरी राष्ट्रसंघले बंग्लादेशमा रहेका शरणार्थीका लागि प्राप्त सहयोग पनि निकै कम रहेको भन्दै थप सहयोगका लागि अपील गरेको छ ।म्यानमारको रखाइन प्रान्त छाडेर बंग्लादेशमा शरण लिने पुग्नेमा करीब चार लाख रोहिन्ग्या रहेका छन् ।

Share.

Leave A Reply