राईनो कप खुला भलिबल प्रतियोगिता आज देखि सुरु

0

सुर्य नेपाली
असोज २६,
वातावरण मैंत्री दोस्रो राईनो कप खुला भलिबल प्रतियोगिता आज देखि भरतपुर महानगरपालिकाको चम्पानगरमा सुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै दाहालले खेलकुदको विकासका लागि काम गर्ने बताउनु भयो ।
भरतपुर १३ स्थित हिमाल युवा क्लबको आयोजनामा ‘प्रगतिको लागि युवा शक्ति, खेल विकासका लागि युवा शक्ति’ भन्ने नाराका साथ आजबाट सो भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा हिमाल युवा क्लब र कन्चन समाज विकास परिषद बीच हुँदैछ । आज हुने अर्को खेलमा निरन्तर युवा क्लब पार्वतीपुर र किसान युवा क्लब दद्रेनी बी टिम बीच हुनेछ । १३ टिमको सहभागिता रहेको प्रतियोगिता २८ गते सम्म चल्ने छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र तथा उप विजेताले ३० हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply