play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रसुवागढी नाका ९६ घण्टाका लागि सिल लगाइदै

0

२७ वैशाख – नेपाल र चिनबिच संचालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीदेखि ९६ घण्टाका लागि सिल गरिने भएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको स्थानिय तहको निर्वाचनलाई मध्यनजर राख्दै चिनसँगको एकमात्र व्यापारिक नाका रसुवागढी ९६ घण्टाका लागि सिल गरिन लागिएको हो ।

निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी नै सिमा नाका बन्द गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका बोर्डर एडमिनिस्ट्रेसन कमिटिका प्रमुख बिच हिजो केरुङ बोर्डर अफिसमा भएको बैठकले रसुवागढी नाका ९६ घण्टा सिल गर्ने सहमति भएको हो ।

निर्वाचनलाई निष्पक्ष र भय रहित बातावरणमा सम्पन्न गर्नका लागि आज राती १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म नेपाल र चिन बिचको एकमात्र व्यापारिक नाका रसुवागढीमा सिल लगाइने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

Share.

Leave A Reply