रत्ननगरबाट एक लाख चौबिस हजार नगद सहित ७ जुवाडे पक्राउ

0

असोज २७, चितवनको रत्ननगर नगरपालिका १६ पिठुवामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको सुराकीको आधारमा प्रहरीले गएराति साढे ११ बजे पिठुवा स्थित राम ब थापा मगरको घरको कुखुरा फर्ममा जुवा कौडा खेली रहेको अवस्थामा नगद एक लाख चौबिस हजार सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टाँडी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सातै जनालाई नियन्त्रणमा लिई जुवा ऐन अन्तर्गत कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

Share.

Leave A Reply