युरोपियन सुपर कपको उपाधि रियाल मड्रिडले जित्यो

0

साउन २५ । युरोपियन सुपर कप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले जितेको छ ।मेसेडोनियाको राजधानी स्कोप्य शहरमा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।जिनेदिन जिदानको प्रशिक्षणमा रहेको युएफा च्याम्पियन्स लिग विजेता रियाल मड्रिडले जोजे मौरिन्होको प्रशिक्षणमा रहेको युरोपा लिग विजेता म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको हो ।खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्यासेमिरो र ईस्कोले एक–एक गोल गरे ।पराजित टोली म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।जितसँगै रियाल मिड्रड सन् १९९० पछि युएफा सुपर कप फुटबलको साविक उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।उता म्यान्चेस्टर युनाईटेडले भने यो सिजनमा खरिद गरेको तीन जना नयाँ खेलाडीहरुलाई सुरुवाती एघारमा मैदानमा उतारे पनि सोचे अनुसारको नतिजा हात पार्न सकेन ।

Share.

Leave A Reply