play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यस्ता छन्, इरानका मेसी

0

बैशाख २० फुटबलप्रेमीका लागि लियोनल मेसी अपरिचित छैनन्। धेरैको नजरमा विश्वकै उत्कृष्ट यी अर्जेन्टिनी फुटबलरजस्तै देखिने एक व्यक्तिको फोटो अहिले भाइरल भएको छ।इरानका रजा परास्तेसको अनुहार मात्र मेसीसँग मिल्दोजुल्दो छैन, उनको दाह्री, कपाल, अनुहारको बनोट र शरीर पनि लगभग दुरुस्तै मिल्छ। त्यसैले नै उनलाई देख्ने मान्छेहरु झुक्किइरहन्छन् र आफ्नो अघिल्तिर मेसी आइपुगेको ठान्छन्। उनलाई बाटोमा हिँड्दाहिँड्दै रोक्छन् र सेल्फी लिन्छन्।त्यति मात्र होइन उनका साथीभाइ पनि आफ्नो समूहमा साँच्चिकै मेसी भएजस्तै ठान्छन् र उनलाई मेसी नै भनेर बोलाउँछन्।मेसीसँग अनुहार मिल्दा प्रसिद्ध बनेका रजाले कहिलेकाहीँ उनले यसको मूल्य पनि चुकाउनु परेको छ। उदाहरणका लागि सन् २०१४ को वर्ल्ड कपमा अर्जेन्टिनाले इरानलाई प्रतिस्पर्धाबाट बाहिरको बाटो देखाएको थियो। त्यसका लागि ९१ औँ मिनेटमा मेसीले नै गोल गरेका थिए। त्यो खेलपछि छोरालाई मेसीजस्तो बन्न उक्साउने उनकै बुबा उनीसँग खुब रिसाए।

Share.

Leave A Reply