play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

0

भदौ २९ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा इङ्गलिस क्लवहरु म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी हुँदा लिभरपुल भने बराबरीमा रोकिएको छ ।तीन सिजनको अनुपस्थितीपछि च्याम्पियन्स लिगमा फर्किएको लिभरपुललाई स्पेनिस क्लव सेभियाले २-२ गोलको बराबरीमा रोकेको हो ।समुह ई कै अर्को खेलमा स्लभेनियाको एन.के मारिबोरलाई रुसको स्पार्टा मस्कोले १-१ गोलको बराबरीमा रोकेको छ ।समुह एफ को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर सिटीले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४-० ले हरायो । यही समुहको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको नपोलीलाई २-१ ले पराजित गर्‍यो ।समुह जी को खेलमा टर्कीको बेसिक्तासले पोर्चुगलको एफ.सी पोर्टोलाई ३-१ ले हराँउदा जर्मनीको आर.बी लेप्जीग र फ्रान्सको मोनाकोले १-१ गोलको बराबरीमा चित्त बुझाए ।यसैगरी समुह एच को खेलमा ईग्लीश क्लव टोटनह्याम हट्सपरले जर्मनीको बोरुसीया डर्डमण्डलाई ३-१ ले हराउँदा स्पेनको रियाल मड्रिडले साईप्रसको अपोईल निकोसियालाई ३-० ले पाखा लगायो ।

Share.

Leave A Reply