play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको भूकम्प,सुनामीको चेतावनी

0

भदौ २३ – मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । दक्षिण पश्चिम मेक्सिकोको पिजिजियापान केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको बिबिसीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर ४९ मिनेटमा भूकम्प गएको हो । भूकम्प पछि मेक्सिको, ग्वाटेमाला, साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा सुनामीको चेतावनी दिइएको छ ।भूकम्पपछि अहिलेसम्म ५ दशमलव २ र ५ दशमलव ७ रेक्टर स्केलको चार भन्दा धेरै परकम्प गैसकेको खबरमा उल्लेख छ ।

Share.

Leave A Reply