play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

मेक्सिकोमा भूकम्पः मृत्यु हुनेको संख्या ५८ पुग्यो

0

२४ भदौं – मेक्सिकोमा हिजो गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको राष्ट्रपति एन्ड्रिके पेन्या निएटोले बताएका छन् । भूकम्पका कारण ताबास्को, ओआखाका र चीयापास राज्यमा बढी प्रभाव परेको छ । त्यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको राष्ट्रपति निएटोको भनाई छ ।भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमानमा त्यस्ता क्षेत्रमा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।

Share.

Leave A Reply