play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

मुलुकका विभिन्न स्थानमा ४५ जनाको मृत्युः १२ जना बेपत्ता

0

साउन २९ – लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ४५ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।
बिहानसम्म मलुकका ११ जिल्लाहरु पाँचथर, सिन्धुली, मोरङ, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर, सुर्खेत र पाल्पामागरी ४५ जनाको मृत्यु भएको गृहमन्त्रलायले जनाएको छ ।मन्त्रालयले बाढीपीडितहरुको खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेकालाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुलगायत सबैमा अपिल गरेको छ ।नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ–आफनो तर्फबाट उच्च सतर्कता अपनाउन पनि गृहले अपिल गरेको छ । खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको गृहमन्त्रालयले बताएको छ ।

पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु
मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।

सुर्खेतको गुर्भाकोटमा ३ जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती विक्रम बुढा र १२ वर्षीय सरन बुढा छन् । गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको थियो ।

Share.

Leave A Reply