play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

मुम्बई आइपिएलको फाइनलमा, उपाधिका लागि पुणेसँग भिड्ने

0

६ जेठ, बलरहरुले शानदार प्रदर्शन गरेपछि कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै दुई पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ ।गएराति सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बईले कोलकतालाई पराजित गरेको हो । लिगको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको मुम्बई पहिलो क्वालिफायरमा राइजिङ पुनेसँग पराजित भएको थियो ।आइपिएलको दशौं सिजनको फाइनल मुम्बई र पुनेबीच हैदराबादस्थित राजिव गान्धी अन्तर्रा्ष्ट्रिय रंगशालामा भोलि हुनेछ ।मा चिन्नास्वामी रंगशाला बैंगलुरुमा शुक्रबार कोलकत्ताले दिएको १०८ रनको झिनो लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा र्गयो । उसका लागि क्रुणल पण्ड्याले ४५ रनको अविजित पारी खेले ।लेण्डिस सिमोन्स ३ र पार्थिव पटेललाई सुरुमै गुमाएको मुम्बईले अम्बती रायुडुलाई पनि ६ रनको व्यक्तिगत स्कोरमा गुमायो ।तर क्रुणाल र कप्तान रोहित शर्माले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि मुम्बईले सहज जित हासिल गरेको हो । रोहितले २४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ता १८.५ ओभरमा १०७ रनमै समेटियो । मुम्बईका बलरहरुको धारिलो बलिङसामू कोलकत्ता निरिह बन्यो । उसका लागि सूर्यकुमार यादवले ३१ र इशांक जाग्गीले २८ रन बनाउनुबाहेक अन्यले खासै रन बनाउन सकेनन् । उसका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।बलिङतर्फ मुम्बईका करन शर्माले ४, जसप्रित बुम्राहले ३ र मिचेल जोन्सनले २ विकेट लिए । भेट्रान बलर लसिथ मालिंगाले पनि १ विकेट लिए ।४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका करण शर्मा खेलको म्यान अफ द म्याच भए । जसप्रितले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए ।समूह चरणका दुई खेल र पहिलो क्वालिफायरसमेत गरी जारी प्रतियोगितामा मुम्बईले पुणेलाई पराजित गर्न सकेको छैन । यसर्थमा फाइनल खेल मुम्बईका लागि बदला लिने अवसर हुनेछ भने तेस्रो पटक आइपिएल उपाधि हासिल गरी कीर्तिमान बनाउने अवसर पनि हुनेछ ।

Share.

Leave A Reply