play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

मुम्बइमा सेतो रंगको कुकुर निलोमा परिबर्तन

0

भारतको मुम्बइमा आज भोलि कुकुरलाई अचम्मको रोग लागेको छ । सेतो कुकुर निलो बनिरहेको छ । कयौं कुकुर यसको शिकार भएका छन् ।

कुकुरको शरीरको कपाल र पुच्छरको रंग बदलिइरहेको छ । खासगरे तलोजा औद्योगिक क्षेत्र नजिक रहेका कुकुरहरुकोमा यस्तो समस्या धेरै देखिएको छ ।

यस्तो कसाडी नदीमा औद्योगिक क्षेत्रको विभिन्न रसायनीक पदार्थ भएका कारण भएको समाचारहरु सार्वजनिक भएको छ । जब कुकुर केही खानका लागि नदीमा जान्छ तव त्यहाँ गएका कुकुरको रंग निलो रंगको हुने गरेको छ ।

मुम्बइको पशु संरक्षण विभागले बुधबार एक कुकुरको तस्वीर लिएको थियो जसको रंग निलो भएको थियो । पशु संरक्षण सेलले महाराष्ट्र प्रदुषण नियन्त्रण केन्द्रमा यसको उजुरी गरेको छ ।

Share.

Leave A Reply