play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

मिसेस नेपाल ग्रान्ड–२०१७’को उपाधि काठमाडौंकी बन्दना बिष्टलाइ

0

भदौ ४, ‘मिसेस नेपाल ग्रान्ड–२०१७’को उपाधि काठमाडौंकी बन्दना बिष्टले जितेकी छिन् । १५ स्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै क्राउन चुमेकी हुन् । उनले प्रतियोगीतामा विभिन्न उपहार र मिसेस ट्यालेन्टको उपाधि समेत हात परिन् ।जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगिता काठमाडौंकी निशा क्षत्री केसी मिसेस इन्टेलिजेन्ट सहित फस्ट रनरअप भईन् । यस्तै अलिना ध्वजु सुवेदीले मिसेस कन्फिडेन्स सहित सेकेन्ड रनरअप बनिन् ।, पुजा शिबाकोटी गुरुङले बेस्ट वाक, पर्सनालिटी सहित थर्ड रनरअपको उपाधि हाता परिन् । ¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रा.लि.ले आयोजना गरेको प्रतियोगीताको निर्णायकमा अभिनेताहरु रमेश उप्रेती, दिनेश शर्मा, गजित बिस्ट, पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री, चिकित्सकद्धय अर्पण शाह र शुशिलजँग शाह थिए ।
महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र उनीहरुलाई घरबाट बाँहिर ल्याएर नेतृत्वमा अघि बढाउन मिसेस नेपाल ग्रान्ड आयोजना गरिएको आयोजक सँस्थाकी प्रबन्ध निर्देशक रमी श्रेष्ठ बज्राचार्यले बताईन् ।

Share.

Leave A Reply