माडीमा जारि दोस्रो तिहारकप फुटबल प्रतियोगितामा आज २ खेल हुने

0

अशोज २५, माडीमा जारि सर्वा्धिक धनराशिको फुटवल प्रतियोगिता दोस्रो तिहारकप फुटबल प्रतियोगितामा आज पनी २ खेलहुने भएका छन् आज हुने पहिलो खेलमा दिउसो २ बजे साहारा युवा क्लब ब्रम्हपुरले बसन्तपुर युनाइटेट क्लब बिको सामना गर्दा आजै दिउसो ४ बजे हुने दोस्रो खेलमा बड्स नेपाल बघौडाले दियो क्लब ए राधापुरको सामना गर्ने छ यसैबीच भोलि पनि २ वटा खेल हुनेछन भोलि हुने पहिलो खेलमा दिउसो २ बजे बसन्तपुर युनाइटेट क्लब ए बसन्तपुरले स्टार स्पोर्ट्स क्लब ए बरुवाको सामना गर्दा भोलि नै दिउसो ४ बजे हुने दोस्रो खेलमा ध्रुवतारा युवा क्लब रामराज्यपुरले जनआस्था युवा क्लब बिको सामना गर्ने छ
साईड नेपाल वसन्तपुरको आयोजनामा सुरु भएको खेलमा माडीभरिका २६ टिमको सहभागिता रहेको छ । विकाश, अनुशासन र गतिशिलता भन्ने मुल नाराका साथ सुरु भएको फुटवल प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २७ हजार ७ सय ७७ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ । त्यसवाहेक उत्कृष्ट खेलाडी, म्यान अफ द सिरिज,उत्कष्ट डिफ़ेण्डर,सर्वा्धिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कष्ट मिल्डफिल्डर,उत्कृष्ट टिम म्यानेजर लगायतलाई सम्मान गरिने आयोजक कमिटीका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply