play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

महिलाहरुको स्वभाब कपाल बाटै थाहा पाईन्छ !

0

महिलालाई बुझ्न निकै गाह्रो हुन्छ भन्ने गरिन्छ । त्यहि भएर होला, उनीहरुलाई चिन्न अथवा उनीहरुको बारेमा थाहा पाउने अनेकौँ उपायहरुको बारेमा बताइएको हुन्छ । समुन्द्र शास्त्रमा कपालको बनावट र त्यसको रंगको चर्चा छ | जसबाट महिलाहरुको स्वाभाव थाहा लगाउन सकिने उल्लेख छ :

– जुन महिलाको कपालको रङ चम्किलो रातो छ उनीहरु प्रायः तीक्ष्ण बुद्धि भएका हुन्छन् । कसैले केहि बोल्नुपूर्व नै उनीहरुको दिमाग बोल्ने मानिसकोभन्दा टाढा पुगिसकेको हुन्छ ।

– जो महिलाको कपाल जन्मजात नै सुनौलो हुन्छ उनीहरु आफ्नो दुर्बल र कमजोर शरिरप्रति चिन्तित हुने गर्दछन् । यद्यपी यस्ता महिलाहरु ज्ञानी र स्वभावमा निकै सरल हुने गर्दछन् ।

– जसको कपाल प्राकृतिक रुपमा नै सिधा अथवा स्ट्रेट छ उनीहरुको बिचार निकै स्पष्ट हुने गर्दछ । उनीहरुलाई कुनै पनि कुरा घुमाउरो तरिकाले भन्न आउँदैन र उनीहरु यस्तो कुराहरु बुझ्दा पनि बुझ्दैनन् । उनी जे सोच्छिन् त्यो कुरालाई आफ्नो वरिपरिको मानिसहरुलाई पनि भन्ने गर्दछिन् । उनीहरु सरल र खुल्ला बिचारका हुन्छन् ।

– जो महिलाको कपालको रङ कालो र घुम्रिएको हुन्छ उनीहरु जिन्दगीमा आशावादी हुने गर्दछन् । स्वभावमा संकोची यी महिलाहरु अप्ठेरोमा कहिले पनि नडराउने खालका हुन्छन् । जीवनमा खुसी भएर उनीहरु अघि बढ्न चाहन्छन् ।

– खैरो कपाल भएका महिलाहरु निकै संवेदनशील र रोमान्टिक किसिमका हुन्छन् । मायामा धोका पनि यिनिहरुलाई नै हुने गर्दछ । जीवनमा खुल्ला तरिकाले बाँच्न उनीहरुलाई मनपर्छ । आफ्नो जिम्मेवारीलाई निकै राम्रो ढङ्गले पुरा गर्ने गर्दछन् ।

Share.

Leave A Reply