play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

मध्यक्षेत्रका छ जिल्लामा सुरक्षा व्यवस्था कडा

0

२९ भदौ । आउँदो असोज २ गते हुन लागेको तेस्रंो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी छ जिल्लाका सदरमुकाम क्रमसः वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर र जनकपुरसहित मुख्य सडक, नाका तथा नेपाल भारतको सिमानाका विभिन्न ठाउँमा चेकजांच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नरेन्द्रकुमार सिंहले बताउनुभयो ।

सम्बन्धित छ जिल्ला मतदान केन्द्रमा समेत सशस्त्र प्रहरी टोली पठाइ सकिएको जानकारी दिँदै कुनैपनि घटना हुन नदिनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिँदै डिआइजी सिंहले निर्वाचनको दिनभन्दा २४ घण्टाअगावै छवटै जिल्लासँग जोडिएको सिमानाका शिल गरिने जनाउनुभएको छ ।

शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाले प्रदेश नं २ को ६ जिल्लामा १० हजार ७१९ सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाले निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्णरुपमा सम्पन्न गराउन निर्वाचन विरोधी समूह नेकपा (विप्लव समूह), सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन समूह तथा अर्ध भूमिगत समूहबाट मतदानस्थल, निर्वाचन कार्यालय, उम्मेदवारको घर, आवास क्षेत्रलाई लक्षित गरी त्यसको आसपासका घर, गोठमा विष्फोटक पदार्थ समेतका सामग्री लुकाइछिपाइ राख्न सक्ने शंकास्पद स्थान समेतमा चेकजाँच तीव्र पारिएको छ ।

यसैगरी, सशस्त्र प्रहरीले मतदानस्थल, मतगणनास्थल, मतपेटीकालगायत निर्वाचन सामग्री, ढुवानी र भण्डारणमा सावधानी अपनाई विशेष सुरक्षाका लागि ग्यास सिलिण्डर, प्रेसर कुकरजस्ता प्रज्वलनशील एवं विष्फोटक रसायनको दुरुपयोग हुने सम्भावनालाई निस्तेज गर्नका लागि सर्च अभियानलाई अगाडि बढाएको छ ।

मध्यक्षेत्रीय सशस्त्र प्रहरी बलले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश नं २ को ६ जिल्लामा हुने स्थानीयतहको तेस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना सक्रिय रहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply