play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

मंगलबारसम्म नेपाल टेलिकमको एसएमएस सेवा निःशुल्क

0

साउन २९ , नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।उनले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवfको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह गरे ।सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेका हुन् ।टेलिकमबाट टेेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।

Share.

Leave A Reply