play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

भोकाएको बाख्राले आफ्नै मालिकको एक लाख रुपैयाँ खाइदिएपछि

0

भोकाएको बाख्राले केहिले काँही बारीमा गएर लगाएको तरकारी खाँदा पनि मानिसहरु साह्रै रिसाउँछन् । तर यहाँ त एक बाख्राले आफ्नो मालिलको झण्डै एक लाख रुपैयाँ खाइदिएको छ । त्यो पनि गोजीबाट थुतेर ।यो घटना हो भारतको उत्तरप्रदेश राज्यअन्तर्गत पर्ने कन्नौज जिल्लाको । स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इटा खरिदका लागि ६६ हजार रुपैयाँ जम्मा गरेका थिए । र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए ।गोजीमा पैसा राखेको पाइन्ट बाख्राको नजिकै झुण्डाएर उनले नुहाउन थालेछन् । त्यसबीचमा बाख्राले उनको गोजीको पैसाको मुठो थुतिदिएछ, उनलाई त्यसको पत्तै भएन ।
नुहाइसकेपछि जब उनी लुगा झुण्डाएको ठाउँमा पुगे तब उनले बाख्राले घाँसजस्तै गरी पैसा चपाइरहेको देखे । २ हजार भारुका ३३ वटा नोटको बिटो बाख्राले खाइरहेको थियो । उनले केवल २ वटा नोट मात्र बचाउन सके । अरु ३१ वटा नोट बाख्राले चपाएर निलिसकेको थियो ।यो खबर सार्वजनिक भएपछि एकाएक उक्त बाख्रो सेलिब्रटी बनेको छ । आफ्नो मूल्यभन्दा पनि कयौं गुणा धेरै पैसा खाएको बाख्रालाई हेर्न भन्दै स्थानीय मानिसहरुको भीड नै लाग्ने गरेको छ ।

Share.

Leave A Reply