play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

भिखारी संघ मोरङका अध्यक्ष मण्डलको घरमा रु तीन लाख १५ हजार रकम फेला

0

डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो ।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ ।

Share.

Leave A Reply