play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

भारतमा मोःमो विरुद्धको अभियान सुरु

0

भारतको जम्मु–कश्मिरका वकिल र बीजेपी विधायक रमेश अरोराको नेतृत्वमा मोःमोविरुद्धको अभियान सुरु भएको छ । उनले मोःमोमा कार्सिनोजेनिक मोनोसोडिम ग्लुटामेट (अजिनोमोटो) हुने भन्दै यसले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको बताए ।

‘मोःमो आन्द्राको क्यान्सरका साथै विभिन्न घातक रोगको मूल कारणको रुपमा उभिएको छ,’ अरोराले भने ।

उनले विगत पाँच महिनादेखि कम्तीमा आफ्नो राज्यमा मात्र भएपनि मोःमोमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै सार्वजनिक रुपमा बोल्दै आएका छन् ।

‘अजिनोमोटोले क्यान्सरलगायत विभिन्न घातक रोग निम्त्याउँछ । यसले साधारण टाउको दुखाईलाई माइग्रेनमा परिणत गरिदिन्छ,’ उनले भने ।

Share.

Leave A Reply