play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

भर्जिनिटी बेच्न चाहन्छिन् यी युवती, मूल्य २ करोड ५७ लाख नेपाली रुपैयाँ

0

अस्ट्रेलियाको सिड्नीमा बस्ने एक युवतीले कथित रुपमा आफ्नो कुमारित्व (भर्जिनिटी) बिक्रीमा रहेको विज्ञापन गरेकी छन् ।

‘भर्जिन सिक्स यू, सिड्नी सिटी’ शीर्षकमा ती युवतीले लोकान्टो साइटमा विज्ञापन प्रकाशित गरेकी हुन् ।

प्रकाशित विज्ञापनका अनुसार १९ सालकी ती किशोरीले भर्जिनिजी बेच्नका लागि २५ लाख अमेरिकी डलर (२ करोड ५७ लाख नेपाली रुपैयाँ) मूल्य तोकेकी छन् ।

आरटी न्यूजका अनुसार यी युवतीले लेखेकी छन्, ‘म १९ वर्षकी केटी हुँ । कोही मेरो भर्जिनिटी खरिद गर्न चहान्छ ?’

यो विज्ञापनमा ती युवतीले धेरै सर्तहरु पनि तोकेकी छन् । उनले भनेकी छन्, भर्जिनिटी खरिदका लागि एक रेस्टुरेन्टमा डिनरसँगै कुराकानी सुरु गर्नुपर्ने छ । र जति पनि पैसा हो त्यो सबै एकैसाथ दिनु पर्नेछ ।

विज्ञापनमा उल्लेख गरिएअनुसार उनीसँगको संभोगका बेला कण्डम प्रयोग गर्नु पर्नेछ । र सेक्स गर्ने बेला कुनै पनि अन्य यौन हिंसा गर्न पाइने छैन । उक्त पलको भिडियो पनि रेकर्डन गर्न नपाइने उनको सर्त छ ।

यद्यपि उनले ग्राहकले रोजेको होटेलमा आउन आफू तयार रहेको बताएकी छन् । केटीले यो पनि लेखेकी छन् कि इच्छुक व्यक्तिले आफ्ना जिज्ञासाहरु राख्न सक्छन्, उनी त्यसको जवाफ दिन तयार छिन् ।

यस्तो प्रकारको यो पहिलो घटना भने हैन । यो भन्दा पहिला रोमानियाकी एक युवतीले पनि २० लाख पाउण्डमा हङकङका एक व्यवसायीसँग यस्तै डिल गरेकी थिइन् ।

Share.

Leave A Reply