play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

भरतपुर विवादबारे सर्वोच्चमा सुनुवाइ जारि

0

साउन २– भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सुनुवाइका लागि ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी तोकिएको थियो । पेशीलाई प्राथकितासहति पहिलो नम्बरमा राखेर अहिले सुनुवाइ भइरहेको छ । मतणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । तर आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट दायर भएको थियो ।
त्यो रिटमा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना बित्दापनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

Share.

Leave A Reply