भरतपुर महानगरपालिका–२० चन्द्रनगरमा राष्ट्रियस्तरको रंगशाला निर्माण कार्य तीव्र गतिमा अगाडी बढ्दै

0

असोज २५, भरतपुर महानगरपालिका–२० चन्द्रनगरमा राष्ट्रियस्तरको रंगशाला निर्माण कार्य तीव्र गतिका साथ अगाडि बढिरहेको छ । १४ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि १० बिघा जग्गा छुट्याइएको छ । चार बिघा १० कट्ठा जग्गामा फुटबल मैदान बन्नेछ । पाँच बिघा १० कट्ठामा क्रिकेट मैदान बन्ने र एथ्लेटिक्स ट्र्याक बन्नेछन् । फुटबलको प्याराफिटमा १४ हजार र क्रिकेट रंगशाला २० हजारभन्दा बढी दर्शक अट्ने सचिव टुकमान गुरुङले बताए । गत वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँमध्ये १९ लाख ३० हजार रुपैयाँले कम्पाउन्ड निर्माण गरिएको छ । विनियोजित रकममध्ये करिब ३० लाख रकम फ्रिज भएको चित्रवन रंगशाला निर्माण समितिका सचिव गुरुङले बताउनु भयो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले चितवनमै आएर रंगशाला निर्माणका लागि पाँच करोड रकम विनियोजन गर्ने घोषणा गर्नु भएको थियो । पूर्वप्रधानमन्त्री प्रचण्डको घोषणाअनुरूप पहिलो वर्ष ५० लाख आएको हो । सरकारको एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान अवधारणाअनुसार भरतपुर–२० नयाँ बजारमा पर्ने गौचरनको १० बिघा जग्गामा निर्माणाधीन प्याराफिटसहितको अत्याधुनिक सुविधासम्पन्न चित्रवन रंंगशाला बन्न लागेको हो । साबिकको चितवन नगरपालिका स्थापना भएपछि रंगशाला निर्माणका लागी समिति गठन गरिएको थियो । जग्गा प्राप्तिपछि पहिलोपटक जिल्ला खेलकुद विकास समितिबाट १५ लाखले मैदान व्यवस्थापन र प्याराफिट निर्माणका लागि ढुंगागिटी झारिएको सचिव गुरुङले बताउनु भयो ।

भरतपुर महानगरपालिका– २० मा निर्माणाधीन चित्रवन रंंगशालाका लागि गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सहयोग समितिद्वारा संकलित सहयोग रकम एक समारोहबीच हस्तान्तरण गरिएको छ । रंंगशाला निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन रंगशालालाई राष्ट्रियस्तरकै रंगशाला बनाउन सुरुवात भएको बताउनु भयो । मेयर दाहालले आसन्न नगर परिषदमा सक्दो बजेट विनियोजन गर्ने जानकारी दिनु भयो ।

Share.

Leave A Reply