play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

भरतपुर महानगरपालिकामा स्थगित गरिएको मतगणना अझै सुरु हुन सकेन

0

जेठ ६ , भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरे पछि स्थगित गरिएको भरतपुर महानगरपालिकाको मतगणना अझै सुरुहुन सकेको छैन। भरतपुर महानगरपालिका वडा नम्बर ९ एमालेका यमलाल कंडेल प्यानल सहित विजयी भएको समाचार बाहिर आएपनि नेपालि कांग्रेस र नेकपा माओबादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर ९ को मत गणना पुन गर्नुपर्ने बताएपछि हिजो बाट स्थगित भएबो मत गणना अहिले सम्म स्थगित गरिएको हो मतगणना बहिस्कार पछि संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेको थिए ।पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए ।वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले बताए ।सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।यसबिषयमा बिहान ७ बजे बैठक बस्ने भनेता पनि अहिले सम्म बस्न सकेको छैन अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

Share.

Leave A Reply