play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुरको बिषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि स्थगित

0

साउन २ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकिएको छ । सोमबार ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई सुरु भए पनि कानून व्यवसायीको बहस नसकिएकाले यो मुद्दा हेर्दा हेर्दैमा परेको छ । हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुने भए पनि न्यायाधीश भण्डारी मंगलबार भारत जान लागेका कारण उहाँ नफर्केसम्म यो मुद्दाको सुनुवाइ रोकिएको हो ।
न्यायाधीश भण्डारी ७ गते नेपाल फर्कने र ८ गते आइतबार पुनः सुनुवाइ सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिटमा सोमबार मुद्दा दायर गर्नेका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्नुभएको छ ।सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

Share.

Leave A Reply