भरतपुरको चम्पानगरमा असोज २६ गतेदेखि २८ गतेसम्म भलिबल प्रतियोगिता हुने

0

असोज २५, चितवनको चम्पानगरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका १३ चम्पानगरमा हिमाल युवा क्लबले दोश्रो वातावरण मैत्री राइनोकप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।क्लबले यहि असोज २६ गतेदेखि २८ गतेसम्म भलिबल प्रतियोगिता गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबले “प्रगतिको लागि युवा शक्ति ,खेल बिकासको लागि युवा शक्ति “भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष केशव देवकोटाले जानकारी दिए ।चितवन जिल्लाभरिबाट १६ वटा समूह प्रतियोगितामा सहभागी हुने छन् ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद ५० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप बिजेता टिमले नगद ३० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने र सान्त्वना हुने दुईवटा टिमले नगद १० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष देवकोटाले बताए । खेल सम्पन्न गर्न करिब ८ लाख २० हजारको लाग्ने अनुमान आयोजकले गरेको छ ।

Share.

Leave A Reply