play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

ब्राजीलका राष्ट्रपति टेमेयरद्वारा न्यायालयको आलोचना

0

भदौ २८ – ब्राजीलका राष्ट्रपति टेमेयरको कार्यालयले न्यायालयको आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ ।ब्राजीलका राष्ट्रपति मिशेल टेमेयरले देशको न्यायालयले भ्रष्टाचारको आरोप लगाएर मानिसहरुको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन् ।टेमेयरले विज्ञप्ति निकालेको केही घण्टा पछि सर्वोच्च अदालतका एकजना न्यायाधीशले उनी विरुद्ध नयाँ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अभियोजनकर्तालाई अधिकार दिएका छन् ।अदालते अनुसन्धानको तयारी गरेपछि राष्ट्रपतिको विज्ञप्ति आएको बताइएको छ । देशका अन्य नेताहरुसहित राष्ट्रपति ’अपरशेन कार वाश’ भनिने भ्रष्टाचार काण्डमा तानिएका छन्।अपरेशन कार वाश भनेको ब्रजीलको सबभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान हो । जसमा उच्चतम तहका मानिसका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ। अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपतिपनि मुछिएका छन् । टेमेयरले भ्रष्टाचारको र आरोपको खण्डन गर्दै आएका छन् ।

Share.

Leave A Reply