play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

बाढीले कटान गरेको सडकमा जीप दुर्घटना, एकै परिवारका ६ जनाको मृत्यु

0

साउन २९ । बाढीले कटान गरेको सडकमा जीप दुर्घटना हुँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।प्रसुती गराउन रौतहटको राजपुर फरदहवा स्वास्थ्य चौकी लैजाने क्रममा परोहा गाउँपालिका–३ लौकाका चन्दन यादवको परिवार दुर्घटनामा परेको हो ।मृत्यु हुनेमा चन्दनसहित उनकी श्रीमती शर्मिला यादव, छोरी छोटु कुमारी, भतिजा सरोज यादव, भाउजु ललिता देवी र आमा सुमित्रा देवी छन् ।उनीहरुले भारतीय नम्बर प्लेटको जीप चढेर स्वास्थ्य चौकी जाँदै थिए ।नहरले शनिबार सय मिटर सडक कटान गरेको स्थान राजपुर फरहदवाबाटै चालकले जीप लैजाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ । जीप चालक भने फरार छन् ।

Share.

Leave A Reply