play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियो, ब्राजिल पहिलो

0

साउन २७,
फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ । फिफाले सार्वजनिक गरेको विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ४२ औं स्थानमा छ । अफगानिस्तान १ सय ५६ औं र भुटान १ सय ६५ औं स्थानमा छन् । बंगलादेश १ सय ८९ औं स्थानमा छ । श्रीलंका १ सय ९७ र पाकिस्तान २ सय औं स्थानमा छन् ।
यस्तै जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो । जर्मनी विश्व वरियताको दोस्रो स्थानमा रहँदा अर्जे्न्टिना, स्वीट्जरल्याण्ड र पोल्याण्ड क्रमशः तेस्रो चौंथो र पाँचौं स्थानमा रहेका छन् । वरियतामा छैंटौं देखि दशौं सम्म क्रमशः पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स रहेका छन् ।

Share.

Leave A Reply