play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

प्रधानमन्त्री देउवासहित प्रमुख दलका शीर्ष नेता मधेस दौडाहामा

0

भदौ २८ – प्रदेश नम्बर–२ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्न मधेश पस्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आजपनि विभिन्न चुनावी सभामा व्यस्त रहनुहुने भएको छ ।काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लाका चुनावी सभामा भाग लिन मधेश जानुभएको हो ।कांग्रेसले भदौं ३० गतेसम्म आयोजना गर्ने महत्वपूर्ण चुनावीसभालाई प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।सभापति देउवाले आज बिहान रामजानकी मन्दिरको दर्शनपछि केहिबेरमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
यसैबिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज सिरहामा चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।एमाले सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई पार्टी रणनीति बनाउन २ नम्बर क्षेत्रमै केन्द्रित हुनुहुन्छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावीसभाका लागि प्रदेश नम्बर २ मै हुनुहुन्छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव केहि दिन देखि प्रदेश नम्बर दूई मै हुनुहुन्छ ।यसैबिच दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि कर्मचारी निर्वाचन केन्द्र पुग्ने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

Share.

Leave A Reply