प्रधानमन्त्री देउवाले गरे फेरी मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री

0

असोज २७– जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी मन्त्रीपरिषद् विस्तार गरेका छन् । आज राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । उनको मन्त्रालय भने तोकिएको छैन ।यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाईसकिएको र भोली सपथ हुने बताइएको छ ।

Share.

Leave A Reply