play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

प्रदेश नम्बर २ को निर्वाचन तयारी पूरा – प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेता चुनाव प्रचारमा व्यस्त

0

भदौं २९– प्रदेश नम्बर २ को चुनावी अभियानका लागि मधेश पस्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आजपनि विभिन्न चुनावी सभामा व्यस्त रहनुहुने भएको छ । कांग्रेस सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले आज सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री देउवासहित कांग्रेस शीर्ष नेताले आज दिउँसो १ बजे सर्लाहीको मलंगवामा आयोजित सभा र त्यसपछि अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।यता नेकपा एमालेले पनि प्रदेश नम्बर २ को चुनावी अभियानलाई तीव्रता दिएको छ । अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रमका लागि भोलि प्रदेश नम्बर २ तर्फ जान लाग्नुु भएको एमालेले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेपनि आज विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावीसभाका लागि प्रदेश नम्बर २ मै हुनुहुन्छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव केहि दिन देखि प्रदेश नम्बर दूई मै हुनुहुन्छ । आउदो असोज २ गते प्रदेश नम्बर दुई अन्तरगतका एक महानगर ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा मतदान हुँदैछ ।

प्रदेश नम्बर २ को निर्वाचन तयारी पूरा
निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।उहाका अनुसार मतपत्र, मतपेटिकालगायतका सम्पूर्ण निर्वाचनका सामग्रीसहित आज बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसक्नेछन् । प्रदेश नम्बर २ का २ हजार १ सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।यस्तै भोलि पर्सि र असोज १ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गर्नेछ । साथै, १ असोजमा नमुना मतदान पनि गराउने तयारी आयोगले गरेको छ र त्यसक्रममा मतदातालाई सक्कली मतपत्र पनि देखाइनेछ ।

Share.

Leave A Reply