पूर्वी चितवनको खैरहनी माविमा स्थापित विपन्न विद्यार्थी कोषमा अमेरिकाबाट एक लाख सहयोग

0

असोज १६, पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट १ लाख सहयोग प्राप्त भएको छ। गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसन मार्फत १ लाख ३ हजार २ सय ५० सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए। उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ। आगामी दिनमा पनि सहयो जारी राख्ने अधिकारीले बताए। यसअघि उक्त संस्थामार्फत चेपाङ बालबालिका अध्ययनरत पूर्वी चितवनको अन्त्योदय स्कुलमा ३ लाख बढी सहयोग गरिएको जनाइएको छ। ०६७ मा गजुरेलले साढे ६ हजार जम्मा गरेर चितवनको खैरहनी उच्चमाविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थिए।
परिवारका सदस्यले प्रत्येक बार्षिकोत्सवका अवसरमा पैसा थप्दै जाने कार्यक्रम सुरु गरेर थालिएको अभियानमा अहिलेसम्म ६५ लाख जम्मा भइसकेको उनले बताए। कोषमा १ करोड बनाउने लक्ष्य रहेको छ। उक्त कोष सञ्चालनका लागि खैरहनी माविसँग सहकार्य भएको छ। गाउँ तथा अन्य क्षेत्रका लागि पनि बार्षिकोत्सवमा अनावश्यक खर्च गर्नुभन्दा कोषमा राखेर विद्यार्थीलाई सहयोग गर्न उनले आह्वानसमेत गर्दै आएका छन्। कोषको ब्याजबाट उच्च शिक्षा पढ्ने जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आइएको छ।

Share.

Leave A Reply