play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

पाथिभरा गोल्डकपः दोस्रो क्वाटरफाईनल आज

0

साउन २६,
ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाईनलमा आज काठमाण्डौको चर्च ब्वाईज क्लब र राष्ट्रिय जागृती क्लब ईटहरीबिच प्रतिस्पर्धा हुँदैछ । २ क्लबबिचको प्रतिस्पर्धा सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा अपरान्ह सवा ३ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा डिफेण्डिङ च्याम्पियन गोर्खा स्र्पो्टिङ क्लब झापालाई ट्राईबेकरमा ४–३ गोल अन्तरले हराउँदै विभागीय सशस्त्र प्रहरी बलको पुर्वाञ्चल टिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको थियो । ३० गतेसम्म चल्ने प्रतियोगिताको उपाधि बिजेताले २ लाख ११ हजार र उपबिजेताले १ लाख ११ हजार रुपैयाँ हात पार्नेछन् ।

Share.

Leave A Reply