play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

पहिलो र दोस्रो चरणको चुनावमा माओवादी पराजय हुनुको कारण पार्टी नै जिम्मेवार भएको प्रचण्डको भनाइ

0

साउन २, आजबाट शुरु भएको पार्टी केन्द्रीय सचिवालय वैठकमा माओवादी केनद्रका अध्यक्ष प्रचण्डले पहिलो र दोस्रो चरणको चुनावमा माओवादी पराजय हुनुको कारण खुलाएका छन् । हारका लागि पार्टी नै जिम्मेवार भएको बताएका छन् । वैठक अगाडि भएको एक कार्यक्रममा भने प्रचण्डले माओवादीले हारेपनि एजेण्डाको जीत भएको बताएका थिए । प्रचण्डले स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेपनि पार्टीको एजेन्डाको भने जित भएको दावी गरेका थिए ।सोमबार पार्टीको जलस्रोत तथा उर्जा विभागले सोमबार सार्वजनिक गरेको जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता माओवादीको एजेण्डा भएकाले त्यो एजेण्डा लागु गर्न माओवादी सफल भएको बताएका थिए । सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सोमबारबाटै सुरु हुने पार्टीको सचिवालयको विसतारित बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि खुलेर छलफलमा भाग लिन पार्टीका नेताहरुलाई आग्रह गरेका थिए। पार्टी केन्द्रीय सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति तयार पार्न छलफल सुरु गरिने माओवादीले जनाएको छ ।बैठकमा पार्टीका जिल्ला इन्चार्जहरुले स्थानीय तह निर्वाचनको रिर्पोटिङ गर्नेछन ।

Share.

Leave A Reply