play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

नेपाल बैंकको हकप्रद शेयर लिलामीमा

0

असार ५ । नेपाल बैंक (Nepal Bank Limited) ले सर्वसाधारण समूहको १ लाख ८९ हजार ६२५ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले असार १३ देखि १९ गतेसम्म उक्त शेयर लिलामीमा निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले लिलामीमा शेयरमा न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भरी आवेदन दिन सक्नेछन् ।

बैंकले गत वैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको शेयर लिलामीमा बिक्री गर्न लागेको हो । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा शेयरका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी बोलपत्र फारम भर्नुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र फारम असार २० गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

Share.

Leave A Reply