play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपाली फुटबल टोली आज जापान जाँदै

0

साउन २६,
एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपाली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानको भूमिका अनिल गुरुङले गर्नेछन् ।
जापानमा पहिलो खेल अगस्ट १२ मा गाम्बा ओसाकाको २३ वर्षमुनिको टोलीसँग हुनेछ । नेपालले १६ अगस्टमा क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्ने छ । १७ अगस्टमा अमिटिज स्पोर्टस् क्लबसँग र अगस्ट १८ मा हानन युनिभर्सिटी तथा १९ अगस्टमा भिसेल कोब को १८ वर्षमुनिको टोलीसँग खेल्नेछ ।
समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकविहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् ।

Share.

Leave A Reply